Like us!
Follow us!

रैराङलाई गाभ्ने विशेष प्रस्तावसहित रिडी हाइड्रोपावरले बोलायो साधारण सभा

रैराङलाई गाभ्ने विशेष प्रस्तावसहित रिडी हाइड्रोपावरले बोलायो साधारण सभा

लगानी खबर, काठमाडौं - रिडि हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई गाभ्ने विशेष प्रस्ताव सहित  कार्तिक १२ गते बीसौँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।

कम्पनीको असोज १४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत गरेको थियो ।

साधारण सभाले लाभांश पारिथ गर्नुका साथै रैराङ हाइड्रोपावरलाई गाभ्ने विशेष प्रस्ताव समेत पारित गर्ने छ । वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ त्यसैले कात्तिक १ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् । 

हेर्नुहोस् कम्पनीले प्रकाशन गरेको सूचना : 

615bd15362fa5.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।