Like us!
Follow us!

५५ अंकले घट्यो सेयर बजार, अपि पावरको सर्वाधिक कारोबार

५५ अंकले घट्यो सेयर बजार, अपि पावरको सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजार घटेको छ । सेयर बजार घट्दा सबै सूचकहरु रातमम्मै देखिएका छन् । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ५५.९३ अंकले घटेर २५७७.४९ विन्दुमा झरेको छ । आइतबार नेप्से परिसूचक २.१२ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ११.०७ अंकले घटेर ४८५.९८ विन्दुमा झरेको छ । सेन्सेटिभ परिसूचक आज २.२३ प्रतिशतले घटेको हो । 

कूल २३२ कम्पनीको ८९ लाख ४८ हजार ९ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २ सय ४६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्य आज सबै उपसमूहको सूचक घटेको छ । आइतबार सबैभन्दा धेरै फाइनान्स, हाइड्रोपावर तथा इन्भेष्टमेन्ट समूह घटेको छ । 

आइतबार मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ भने गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर मूल्य सर्वाधिक घटेको छ । 

त्यस्तै, अपि पावर कम्पनीले सर्वाधिक कारोबार गरेको छ । आज कम्पनीले १५ करोड ६ लाख १६ हजार २ सय २१ रुपैयाँको कारोबार गरेको छ । 

हेरौं आजको तालिका :

6159795865de0.JPG 6159795b6dae5.JPG 6159795de5f9e.JPG 615979602d3d0.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।