लगानी खबर, काठमाडौँ - शेयर बजार साताको अन्तिम दिन आज (बिहिबार) पनि शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । बिहीबार शेयर बजार दाहाेराे अंकले बढेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १२.४९ अंकले बढेर एक हजार ५२०.६९ मा पुगेकाे छ । नेप्से ०.८३ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.७१ अंकले बढेर ३०१.३८ मा पुगेको छ ।
कूल १८९ वटा कम्पनीकाे ४२ लाख ६२ हजार ६ सय ९८ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब १७ करोड ६८ हजार २ सय ८३ रुपैयाँको कारोबार भएकाे छ ।
त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ९ वटा उपसमूहको शेयर बढेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे शेयर घटेकाे छ ।
हेराैं आजकाे शेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।