Like us!
Follow us!

गिरावट आएको बजारमा यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो

गिरावट आएको बजारमा यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो

लगानी खबर, काठमााडौं - हप्ताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजारमा गिरावट आएको छ । आइतबारदेखि दिनहुँ घटेको सेयर बजार हिजो (बुधबार) भने बढेको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३२.५१ अंकले घटेर २६३३.४२ विन्दुमा झरेको छ । बिहीबार नेप्से परिसूचक १.२२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ६.४१ अंकले घटेर ४९७.०५ विन्दुमा झरेको छ । 

दोहोरो अंकले घटेको बजारमा आज सबैभन्दा धेरै सेयर मूल्य घट्ने कम्पनीहरुको पहिलो नम्बरमा गुडविल फाइनान्स कम्पनी लिमिटेड रहेको छ । आज कम्पनीको सेयर मूल्य ६.८६ प्रतिशतले घटेर ६ सय ११ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यसैगरी, सार्वधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : प्रिमियर इन्स्योरेन्स, हिमालयन पावर पार्टनर, कर्पोरेट डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, रसुवागढी हाइड्रोपावर, राधी विद्युत कम्पनी र युनियन हाइड्रोपावर रहेका छन् 

61558d35107ed.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।