Like us!
Follow us!

जिल्ला अस्पताल ताप्लेजुङमा अक्सिजन उत्पादन शुरु

जिल्ला अस्पताल ताप्लेजुङमा अक्सिजन उत्पादन शुरु

लगानी खबर, काठमाडौं - ताप्लेजुङको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान भएसँगै अक्सिजन उत्पादन गर्न थालिएको छ । 

नियमित अक्सिजन उत्पादन शुरु गरिएकाले अन्य जिल्लाबाट अक्सिजन आयत गर्नुपर्ने समस्या अहिले हटेको अस्पतालका सूचना अधिकारी विजया राईले बताइन् । 

कतिपय बरामीले समयमै अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने समस्या भएकामा अहिले अस्पतालमै अक्सिजन उत्पादन हुन थालेकाले जिल्लाभित्रका सबै स्वास्थ्य संस्थामा अक्सिजन आपूर्ति गर्नसमेत सहज हुने उनको भनाइ थियो । 

ठेक्का पाएको प्रविधि इन्टरनेश्नल सप्लार्यसले रू. ७१ लाख ५० हजारको लागतमा प्लान्ट जडान गरेको अस्पतालका निमित्त मेडिकल सुुपरिटेण्डेन्ट डा सोनिङ लामाले जानकारी दिए । 

अब यही प्लान्टमार्फत २४ घण्टामा २० थान अक्सिजन ठूलो सिलिण्डर बराबर अक्सिजन उत्पादन गर्न सकिने सप्लार्यसका प्राविधिक दिलबहादुर विकले जानकारी दिए । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।