Like us!
Follow us!

मंगलबार घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

मंगलबार घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

लगानी खबर, काठमाडौं  - आज (मंगलबार) नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ । 

हिजो (सोमबार) तोलाको ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज मंगलबार ३ सय रुपैयाँले घटेर तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, तेजावी सुनको मूल्य आज तोलाको ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको मूल्य ८८ हजार ८ सय ५० रुपैयाँ कायम भएको थियो । 

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको ११ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर तोलाको ११ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

6152a1e7bc27b.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।