Like us!
Follow us!

खाता अद्यावधिक गराउन युनिलिभर नेपालकाे आग्रह

खाता  अद्यावधिक गराउन युनिलिभर नेपालकाे आग्रह

लगानी खबर, काठमाडाैँ - युनिलिभर नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरूलाई सेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ । 

कम्पनीले गत वर्ष जस्तै यस वर्ष पनि नगद लाभांश शेयरधनीहरूको हितग्राहीमा उल्लेख भएको बैंक खातामा आईपीएस मार्फत भुक्तानी गर्ने भएको हुँदा सेयर अभौतिकीकरण गरि हितग्राही खाता खाेलिसकेका शेयरधनीहरूलाई आफ्नाे हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न आग्रह गरेकाे हाे । 

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८  काे मुनाफाबाट प्रति सेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि असोज २५ गते बुकक्लोज गर्ने निर्णय गरेकाे छ । त्यसैले, असाेज २४ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

त्यसैगरी, कम्पनीकाे सेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

सूचना हेर्नुहाेस् : 

614fffab81a3b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।