Like us!
Follow us!

बिहीबार यी १० कम्पनीले गरे सर्वाधिक कारोबार

बिहीबार यी १० कम्पनीले गरे सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौंँ - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजार सामान्य वृद्धि भएको छ । अघिल्लो दिन (बुधबार) भने सेयर बजार उच्च अंकले बढेको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २.७० अंकले बढेर २८१९.६५ विन्दुमा पुगेको छ । बिहीबार नेप्से परिसूचक ०.१० प्रतिशतले बढेको हो । 

बढेको बजारमा आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको पहिलो नम्बरमा सानिमा बैंक लिमिटेड रहेको छ । आज बैंकको ३४ करोड १५ लाख ८३ हजार ९ सय ७२ रुपैयाँको कारोबार भएको छ । 

त्यसैगरी, सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : नेपाल बैंक लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, प्रइम कमर्सियल बैंक, नेपाल बङ्गला देश बैंक, नबिल बैंक लिमिटेड, एनआइसी एशिया बैंक र अरुण भ्याली हाइड्रोपावर रहेका छन् । 

614c52e7f2689.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।