Like us!
Follow us!

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

लगानी खबर, काठमाडौं - प्रतिनिधिसभाले आर्थिक विधेयक २०७८ लाई पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक पारित गरेको हो । 

एमाले सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरेका थिए । 

आर्थिक वर्ष २०७८-७९ को बजेट ल्याउँदा ल्याइएको अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विधेयकहरूमध्ये अघिल्लो बैठकले विनियोजन विधेयक २०७८ पारित गरेको थियो । 

बिहीबार आर्थिक विधेयक पारित गरेको हो भने राष्ट्र ऋण उठाउने विधेयक २०७८ पनि पारित गर्ने कार्यसूचीमा उल्लेख छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।