Like us!
Follow us!

सिभिल बैंकले संस्थापक सेयर बिक्री गर्ने

सिभिल बैंकले संस्थापक सेयर बिक्री गर्ने

लगानी खबर, काठमाडौं - सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएकाले सिभिल बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले एक सूचना प्रकाशन गर्दै सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, सिभिल ट्रेड सेन्टर, सुन्धारा, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

ताजा समाचार