Like us!
Follow us!

थप ७३४ जनामा कोरोना संक्रमण पुष्टि

थप ७३४ जनामा कोरोना संक्रमण पुष्टि

लगानी खबर, काठमाडाैँ - नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ३४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार देशभर १० हजार १३ जनाको कोरोना परीक्षण भएकोमा ७ सय ३४ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा १२ जना संक्रमितको मृत्यू भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ४ सय १३ जना संक्रमणमुक्त भएका छन् ।  हालसम्म निकाे भएकाे दर ९५.५ प्रतिशत रहेकाे छ ।

No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।