Like us!
Follow us!

११ अर्ब ८३ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?

११ अर्ब ८३ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले ९१ दिनकाे अवधिकाे लागि ५ अर्ब ५३ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल पाैष ६ गते परिपक्क हुनेछ । बैंकले १८२ दिनकाे अवधिकाे लागि ४ अर्ब ३० कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल चैत्र ८ गते परिपक्क हुनेछ । त्यस्तै, ३६४ दिनकाे अवधिकाे लागि २ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७९ साल असाेज ४ गते परिपक्क हुनेछ । 

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल भाेलि (असाेज ४ गते, सोमबार) दिउँसो ३ बजे बोलकबाेल भएर पर्सी (असाेज ५ गते, मंगलबार) बिक्री हुनेछ ।

सूचना हेर्नुहाेस् :

 

6146fb8de600b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।