Like us!
Follow us!

थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १३५१ जना संक्रमणमुक्त

थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १३५१ जना संक्रमणमुक्त

लगानी खबर, काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा १ हजार ३ सय ५१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ हजार ३ सय ८५ जनाको कोरोना परीक्षण भएकोमा १ हजार ५ सय ५८ जनामा कारोना संक्रमण पुष्टि भएको हो । जसमा ८ हजार ६ सय ६५ जनाको पिसिआर परिक्षण गर्दा १ हजार ८६ जना र ३ हजार ७ सय २० जनाको एन्टीजेन परिक्षण गर्दा ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यसैगरी, बितेको २४ घण्टामा १० जना संक्रमितको मृत्यू भएको छ । हाल २५ हजार ४ सय ९७ जना सक्रिय संक्रमित छन् । 

61446cf3966d6.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।