Like us!
Follow us!

विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

लगानी खबर, काठमाडाैँ - विकास हाइड्रोपावरले १३ लाख ८८ हजार ५०० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनका लागि विक्री प्रबन्धकमा लागि प्रभु क्यापिटल लिमिटेडलाइ नियुक्त गरेको छ ।

बिहीबार आयोजित एक कार्यक्रममा विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थित माछाखोलामा अपर माछाखोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।