Like us!
Follow us!

१५११ जनामा कोरोना संक्रमण पुष्टि, १६८९ जना संक्रमणमुक्त

१५११ जनामा कोरोना संक्रमण पुष्टि, १६८९ जना संक्रमणमुक्त

लगानी खबर, काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा १ हजार ६ सय ८९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ हजार १ सय ७९ जनाको कोरोना परीक्षण भएकोमा १ हजार ५ सय ११ जनामा कारोना संक्रमण पुष्टि भएको हो । जसमा ११ हजार २ सय ८ जनाको पिसिआर परिक्षण गर्दा १ हजार ६ सय ६५ जना र ३ हजार ९ सय ७१ जनाको एन्टीजेन परिक्षण गर्दा ३ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यसैगरी, बितेको २४ घण्टामा ११ जना संक्रमितको मृत्यू भएको छ । हाल २५ हजार ७ सय ७२ जना सक्रिय संक्रमित छन् । 

6143260b1e9aa.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।