Like us!
Follow us!

अवितरित हकप्रद बिक्री गर्दै एचआईडिसीएल, प्रतिकित्ता मूल्य कति ?

अवितरित हकप्रद बिक्री गर्दै एचआईडिसीएल, प्रतिकित्ता मूल्य कति ?

लगानी खबर, काठमाडौं - हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, (एचआईडिसीएल) ले हकप्रदमा अवितरित संस्थापक सेयर र साधारण सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ ।  

कम्पनीले संस्थापक तर्फ ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समुहतर्फ ३२ लाख २९ हजार ७२४ कित्ता सेयर लिलाम बढाबढमा राखेको हो । इच्छुक आवेदकले असोज ७ गतेदेखि २०७८, असोज १४ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ । 

लगानीकर्ताले इच्छुक आवेदकले असोज ७ गतेदेखि २०७८, असोज १४ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

त्यसैगरी, लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

शेयर लिलामीको लागि ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। लिलामीको शेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल, काठमान्डू, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।

त्यस्तै, कम्पनीले साउन ५ गतेबाट १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । अर्थात कम्पनीको १०० कित्ता सेयर हुने सेयरधनीहरुले १०० कित्ता बराबर नै हकप्रदमा आवेदन दिन पाएका थिए ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :

6142cfff5391c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।