Like us!
Follow us!

एसिएन अफ्रिकन चेम्बर अफ कमर्शको अध्यक्षमा डा पोखरेल चयन

एसिएन अफ्रिकन चेम्बर अफ कमर्शको अध्यक्षमा डा पोखरेल चयन

लगानी खबर, काठमाडाैँ - एसिएन अफ्रिकन चेम्बर अफ कमर्श एण्ड ईन्डस्ट्रिजको नेपाल चेप्टरमा वल्र्ड ट्रेड ग्रुप नेपालका अध्यक्षमा डा शम्भु पोखरेल चयन भएका छन । 

चेम्बरको सोमबार बसेको सञ्चालक समितिको बैठकले त्यस्तो निर्णय गरेको एसिएन अफ्रिकन चेम्बर अफ कमर्श एण्ड ईण्डस्ट्रिजले जनाएको छ । एसिया र अफ्रिकाका देशहरुको व्यवसायीहरु तथा व्यवसायीक एशोसिएसनहरु सदस्य रहेका सो चेम्बरको पहिलो पटक नेपाल चेप्टर सुरु भएको हो ।

आफू नेपाल चेप्टरको अध्यक्ष भएपछि अब नेपाल र एसियाका अन्य मुलुकहरु र अफ्रिकाका मुलुकहरुमा व्यवसाय प्रवर्धनमा सहयोग पुग्ने अध्यक्ष डा शम्भु पोखरेलले बताएका छन । वल्ड ट्रेड ग्रुप अन्तर्गत नेपालमा बिजनेश टेलिभिजन, सिईओ क्लब, ब्ल्याकहोल आईटि सोलुसन, काठमाडौं स्कुल अफ बैंकिङ एण्ड इन्युरेन्स लगाएतका दर्जन बढि संस्थाहरु सञ्चालनमा रहेका छन ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।