Like us!
Follow us!

विकास बैंकहरूको कर्जा विस्तार र निक्षेप संकलनमा सामान्य वृद्धि

विकास बैंकहरूको कर्जा विस्तार र निक्षेप संकलनमा सामान्य वृद्धि

लगानी खबर, काठमाडाैँ - विकास बैंकहरुको एक साताको अवधिमा निक्षेप संकलन र कर्जा लगानी दुवैमा सामान्य वृद्धि भएको छ । यस सातासम्म १५ विकास बैंकले निक्षेप संकलन ०.१५ प्रतिशत र कर्जा लगानी ०.७३ प्रतिशतले बढाएका हुन् । 

गत सातामा विकास बैंकहरूले तीन अर्ब १४ करोडले कर्जा विस्तार गर्दा निक्षेप संकलन ७३ करोड रुपैयाँले मात्रै बढाएका छन् । भदौ महिनाको चौथो सातामा १५ वटा विकास बैंकहरूमा ७३ करोड १४ लाख रुपैयाँ निक्षेप थपिएको छ । 

गत भदौ १९ गतेसम्म विकास बैंकहरूको निक्षेप चार खर्ब ८८ अर्ब ५४ करोड ९८ लाख रुपैयाँ रहेकोमा २५ भदौसम्म चार खर्ब ८९ अर्ब २८ करोड १२ लाख रुपैयाँ पुगेको छ । एक सातामा विकास बैंकहरूको निक्षेप ०.१५ प्रतिशतले बढेको हो ।

यसअवधिमा राष्ट्रिय, क्षेत्रीयस्तरका विकास बैंकहरूको निक्षेप २५ करोड रुपैयाँले घटेको छ । डेभलपमेन्ट बैंकर्स एसाेसिएसन नेपालका अनुसार क्षेत्रीयस्तरका विकास बैंकको निक्षेप ०.३५ प्रतिशतले गिरावट आएर सात खर्ब १९ अर्ब एक करोड रुपैयाँमा सीमित भएको छ । गत साता यी बैंकले सात खर्ब २१ अर्ब सात करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।