Like us!
Follow us!

क्रिकेटमा कर्पोरेट सहभागिता, शिवशक्ति ग्रुप काठमाडाैँ किङसँग अनुबन्धित

क्रिकेटमा कर्पोरेट सहभागिता, शिवशक्ति ग्रुप काठमाडाैँ किङसँग अनुबन्धित

लगानी खबर, काठमाडाैँ - नेपालको एक अग्रणी व्यापारिक समूह शिव शक्ति ग्रुप अब KKXI को “Gold Partner” बनेको छ ।

टेली होल्डिङ्स प्रालिअन्तर्गतको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा खेल्ने फ्रान्चाइज टोली Kathmandu Kings XI (KKXI)  ले शिव शक्ति ग्रुपको “Family Oil र Urja Rice” सँग सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरेर यसपालि हुन गइरहेको ईपीएलका लागि “Gold Partner” हुने सम्झौता गरेको छ । 

शिव शत्ति ग्रुप नेपाली बजारमा एक अग्रणी उपभोक्ता उत्पादन निर्माता हो जसको व्यवसायमा अल्मुनियम, प्लास्टिक फेब्रिक, प्याकेजिङ, लुगा धुने साबुन, कृषि जन्य उत्पादनहरु (जस्तै, चामल, तोरीको तेल, भटमासको तेल, सन्फ्लावरको तेल, दाल र अरु खाद्य तेल) पर्दछन् । शिव शक्ति ग्रुपका निर्देशक सन्दिप अग्रवाल भन्छन्, “नेपालको खेलकुद क्षेत्र अझै उच्च मुकाममा पुग्न बाँकी छ । हामीले नेपाली टिमलाई विश्व मञ्चमा उत्कृष्ट प्रदर्शन गरेको देखिरहेका छौँ । एक अग्रणी व्यापारिक ग्रुप भएको नाताले कर्पोरेट उत्तरदायित्वको महत्व बुझेर हामीले नेपाली क्रिकेटरहरुको प्रतिभामा निखार ल्याउन मद्दत गर्ने नेपालकै उत्कृष्ट लिगमा लगानी गरेका हौँ ।” 

त्यसैगरी टेली होल्डिङ्सका अध्यक्ष संजय अग्रवाल भन्छन्, “अहिलेको महामारीको समयमा पनि हामी, KKXI  र शिव शक्ति ग्रुपले मिलेर समन्वय गर्ने वातावरण बनाउन सफल भएका छौँ । यस समन्वयले टिमको हौसलामा वृद्धि गर्नेछ र हामी शिव शक्ति ग्रुपलाई यसको लागि धन्यवाद दिन चाहन्छु र हामी खेलहरु जितेर इतिहास कोर्न तयार रहेका छौँ ।”

यसपालिको EPL मा Kathmandu Kings XI आकर्षक प्रतिभाले भरिएको टोली हो जसमा पाकिस्तान राष्ट्रिय टोलीका पूर्व कप्तान शाहिद आफ्रिदी, सन्दिप लामिछाने, सुवास खकुरेल, शेर मल्ल र अरु प्रतिभाशाली खेलाडीहरु छन् ।

भ्एी को आयोजक समितिले पनि दुवै ब्रान्डहरुलाई सफलतापूर्वक समन्वय गरेकोमा धन्यवाद व्यक्त गरेको छ र साथै, सम्पूर्ण ब्रान्डहरुले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गरेकोमा आभार व्यक्त गरेको छ । नेपाली क्रिकेटको प्रगतिको लागि र नेपाली खेलप्रेमी दर्शकहरुलाई यस जेन्टलम्यानस् गेमको मज्जा दिने उद्देश्यले सञ्चालित हुन गइरहेको EPL यसपालि कीर्तिपुर मैदानमा यही २५ सेप्टेम्बरबाट सुरु हुँदैछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।