Like us!
Follow us!

ग्लोबल आइएमई बैंकले ४ अर्ब ५० कराेडकाे ऋणपत्र निष्कासन गर्ने

ग्लोबल आइएमई बैंकले ४ अर्ब ५० कराेडकाे ऋणपत्र निष्कासन गर्ने

लगानी खबर, काठमाडाैँ - ग्लोबल आइएमई बैंक लिमिटेडले ४ अर्ब ५० कराेड रूपैयाँ बराबरकाे ऋणपत्र निष्कासन गर्ने भएकाे छ । बैंकले ऋणपत्र निष्कासन गर्नका लागि रेटिङ एजेन्सी इक्रा नेपालमा रेटिङ गराएको छ ।

इक्रा नेपालले बैंकको ऋणपत्रलाई ‘इक्रा एनपी इस्युअर रेटिङ ए’  रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले ऋणपत्रलाई पर्याप्त कर्जा सुरक्षा रहेकाे देखाउँछ ।

हालसम्म बैंकले नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा ऋणपत्र निष्कासन गर्न निवेदन पेश गरेकाे छैन ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।