Like us!
Follow us!

नेपाल ल्युब आयलको साधारण सभा असोज १८ गते, ३५ प्रतिशत लाभांश प्रस्ताव

नेपाल ल्युब आयलको साधारण सभा असोज १८ गते, ३५ प्रतिशत लाभांश प्रस्ताव

लगानीखबर, काठमांडौ- नेपाल ल्युब आयल निगमको भदौ २५ गते बसेको सञ्चालक समितीको बैठकले कम्पनीको ३० औं वार्षिक साधारणसभा आह्वान गर्नुका साथै सेयरधनीहरुका लाभौश प्रस्ताव गरेको छ ।

संचालक समितिको निर्णयानुसार वार्षिक साधारणसभा असोज १८ गते संस्थाको कार्यालय झम्सिखेल, ललितपुर भर्च्युअल् माध्यमबाट बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि ३० प्रतिशत बोनश सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताप गरेको छ । 

साधारणसभा प्रयोजनार्थ कम्पनीले लागि असोज ५ गतेदेखि असोज १८ गतेसम्म बुक क्लोज हुने भएको छ । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।