Like us!
Follow us!

हरियाली भएको बजारमा यी कम्पनीका लगानीकर्ता मालामाल

हरियाली भएको बजारमा यी कम्पनीका लगानीकर्ता मालामाल

लगानी खबर, काठमाडौं - आज (सोमबार) सेयर बजार बढेको छ । आज नेप्से परिसूचक १६१.९४ अंकले बढेर २९८०.७८ विन्दुमामा पुगेको छ । सोमबार नेप्से परिसूचक ५.७४ प्रतिशतले बढेको हो ।

हरियाली देखिएको बजारमामा आज पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ३ सय ७९ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ ।  

त्यसैगरी, सर्वाधिक सेयरमूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : श्री इन्भेष्मेन्ट फाइनान्सको १० प्रतिशतले बढेर ६ सय २७ रुपैयाँ पुगेको छ । दिव्यश्वरी  हाइड्रोपावरको १० प्रतिशतले बढेर ३ सय ७८ रुपैयाँ ४० पैसा पुगेको छ । ज्योती विकास बैंकको १० प्रतिशतले बढेर ५ सय ५७ रुपैयाँ ५० पैसा पुगेको छ । पाँचथर पावर कम्पनीको १० प्रतिशतले बढेर ४ सय ७७ रुपैयाँ ४० पैसा पुगेको छ । 

त्यसैगरी, आज छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य पनि बढेको छ । आज हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेर ५ सय ७७ रुपैयाँ ५० पैसा पुगेको छ । मुक्तिनाथ विकास बैंकको १० प्रतिशतले बढेर ७ सय ५७ रुपैयाँ ९० पैसा पुगेको छ । रसुवाढी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर ४ सय ४६ रुपैयाँ ६० पैसा पुगेको छ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १० प्रतिशतले बढेर ५ सय ४४ रुपैयाँ ५० पैसा पुगेको छ र एक्सल डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर १ हजार २८ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ । आज यी सबै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीहरुसँगै आज अन्य ४५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

6135e258b80b5.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।