Like us!
Follow us!

बढ्याे सुनकाे मूल्य, हेर्नुस कति पुग्यो आज ?

बढ्याे सुनकाे मूल्य, हेर्नुस कति पुग्यो आज ?

लगानीखबर काठमाडौं, आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य उकालाे लागेकाे छ । 

नेपाल सुनचाँदी व्यवसायी  महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ६ सय रूपैयाँले बढेर प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ९ सय निर्धारण गरिएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलाको ५ रूपैयाँले बढेर प्रतितोला एक हजार ३ सय १५ रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।

मंगलबार सुनको मूल्य तोलाको ३ सय रूपैयाँले घटेर, छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।