Like us!
Follow us!

एनआईसी एशिया बैंकले फेरि ल्यायाे ३ कम्पनीकाे सेयर लिलामीमा, यसपटक बिक्ला त ?

एनआईसी एशिया बैंकले फेरि ल्यायाे ३ कम्पनीकाे सेयर लिलामीमा, यसपटक बिक्ला त ?

लगानी खबर, काठमाडाैँ - एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको ३ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयर आज (भदाै २१ गते, साेमबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । बैंकले यसअघि पनि पटक-पटक बिक्रीमा ल्याउँदा बिक्री नभएपछि फेरि बिक्रीमा ल्याएकाे हाे ।

बैंकले मेराे माइक्राेफाइनान्सकाे ८४ हजार ८ सय २९ कित्ता सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ५ हजार ६५ कित्ता र नागरिक लगानी काेषको ३ लाख ८१ हजार ९ सय २ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । 

जसमध्ये, मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मूल्य ५२९ रुपैयाँ, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मूल्य ५४१ रुपैयाँ र नागरिक लगानी काेषकाे मूल्य १२९४ रुपैयाँ ताेकिएकाे छ ।

लगानीकर्ताले आज (भदाै २१ गते, साेमबार) बाट भदौ ३१ गते, शुक्रबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले मेराे माइक्राेफाइनान्स र नागरिक लगानी काेषकाे सेयरमा न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । आरएमडीसी लघुवित्तकाे सेयरमा भने न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।  

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मेराे माइक्राेफाइनान्स र आरएमडीसी लघुवित्तकाे हकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा नागरिक लगानी काेषकाे सेयरमा भने एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।