लगानी खबर, काठमाडौँ - कुमारी क्यापिटलले लिमिटेडकाे दोस्रो साधारण सभा आज (भाद्र २४ गते, बुधबार) हुँदैछ ।
कम्पनीकाे श्रावण २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा कुमारी बैंक लिमिटेड, टंगाल, काठमाडाैँमा बिहान १०:३० बजेबाट सुरू हुनेछ ।
यसैगरी, सभामा आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा/ नोक्सान हिसाब, साेही अवधिकाे नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरू छलफल गरि पारित गर्ने एजेन्डाहरू रहेकाे छ ।
त्यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम चुक्ता पुँजीको ४ प्रतिशतका दरले हुन आउने लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।