लगानी खबर, काठमाडौं - एनसेलले माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटा लगायत विभिन्न फाइदा लिन सक्छन् ।
यो योजना आज (भदाै १५ गते, मंगलबार) देखि सञ्चालनमा आएकाे छ । एसईई २०७८ को परीक्षा प्रवेश पत्र भएका सबै विद्यार्थीले नजिकैको एनसेल सेन्टरबाट यो पहिलो सिम लिन सक्छन् ।
यो योजना अन्तर्गत पहिलो सिम लिने विद्यार्थीले सिम एक्टिभेट गरेको सातदिन भित्र रु १०० वा सो भन्दा बढिको पहिलो रिचार्जमा रु २० मेन ब्यालेन्स र ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा पाउँछन् । त्यसैगरी रु ५० वा सो भन्दा बढिको प्रत्येक रिचार्जमा ६ महिना सम्म विभिन्न बोनस सुविधाहरुको फाइदा लिन सक्छन् । यस्तो रिचार्जमा विद्यार्थीहरुले ३ दिन मान्य हुने ५०० एमबी डेटा, अन्य एनसेल नम्बरमा कलगर्न ५० मिनेट टक टाइम र त्यसैगरी अन्य एनसेल नम्बरमा पठाउन मिल्ने ५० वटा एसएमएस बोनस स्वरुप प्राप्त गर्छन् ।
विद्यार्थीहरुलाई यो सिम लिनका लागि आफ्नो एक प्रति पासपोर्ट साइज फोटो, आफ्नो कक्षा १० को मार्कसिटको फोटोकपी, आफ्नो नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि आवश्यक पर्दछ । यो सिम विद्यार्थीले आफुलाई पायक पर्ने एनसेल सेन्टरबाट सिम लिन सक्छन् ।
भ्वाइस, डेटा र एसएमएसमा आकर्षक बोनस बाहेक यो योजनामा निःशुल्क माइफाइभ सेवा पनि उपलब्ध छ । विद्यार्थीहरुले आफुलाई सधै सम्पर्कमा रही रहनुपर्ने अधिकतम पाँच वटा एनसेल नम्बरहरु सजिलैसँग माइफाइभ समुहमा सेट गर्न सक्छन् । नम्बरहरु माइफाइभ समुहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म ती नम्बरहरुमा मात्र ५० पैसा प्रति मिनेट शुल्कमा कुराकानी गर्न सक्छन् । ३० दिनपछि, रु १०० वा सो भन्दा माथिको रिचार्जमा यो सेवाले निरन्तरता पाउँनेछ ।
विद्यार्थीहरुले एस्ट्रिक्स १७१६४ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफु सधैँ सम्पर्कमा रहनुपर्ने पाँच वटा एनसेल नम्बरलाई माइफाइभ समुहमा राख्न सक्छन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु ५ शुल्क लाग्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।