Like us!
Follow us!

नेप्सेमा १ लाख ९१ हजार कित्ता सेयर सूचिकृत

नेप्सेमा १ लाख ९१ हजार कित्ता सेयर सूचिकृत

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नयाँ सारथि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सूचिकृत भएको छ ।

नेप्सेमा कम्पनीको ८.१३ प्रतिशत बोनस सेयर वापतको एक लाख ९१ हजार ५२० कित्ता सेयर सूचिकृत भएको हो ।

संस्थाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८.१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ नगद वितरण गर्ने घाेषणा गरेकाे थियाे । 

नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथि लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर नयाँ  सारथि लघुवित्त बनेको हो  ।

612b46c27a6f2.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।