Like us!
Follow us!

आइतबार सुनचाँदीको मूल्य कति ?

आइतबार सुनचाँदीको मूल्य कति ?

लगानी खबर, काठमाडौं आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । 

गएको (शुक्रबार) तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

612b1a0827129.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।