Like us!
Follow us!

७.३५ अंकले बढेको बजारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार  !

७.३५ अंकले बढेको बजारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार  !

लगानी खबर, काठमाडौँ - आज (मंगलबार) शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ७.३५ अंकले बढेर एक हजार ४९५.१५ मा पुगेकाे छ । नेप्से ०.४९ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.८३ अंकले बढेर २९९.४७ मा पुगेको छ ।

कूल १९० वटा कम्पनीकाे ४१ लाख ८० हजार ८ सय १६ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ७९ करोड ८३ लाख ६३ हजार ६३ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी २ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

त्यसैगरी, मंगलबार काराेबार रकमकाे आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । कम्पनीको २७ कराेड ५५ लाख ३९ हजार ९ सय ६७ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।

 हेराैं आजकाे शेयर तालिका :

5f574ed334991.jpg

5f574eded26fc.jpg

5f574ee89cbdf.jpg

5f574ef258c4c.jpg

5f574efcf34c4.jpg

5f57515c36b7d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।