लगानी खबर, काठमाडाैँ - सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) अर्काे साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत हुने भएकाे छ ।
हाल आईपीओ सूचीकरणका लागि प्रक्रिया चलिरहेकाे छ । भदाै १४ गतेसम्म सूचिकरण गर्ने तयारी भइरहेकाे बताइएकाे छ । कम्पनीकाे आईपीओ पर्ने लगानीकर्ताहरू आईपीओ सूचीकरण कहिलाे हाेला भनी कुरेर बसेका छन् ।
सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियाे ।
मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । ग्राेलाप्रथाबाट वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका थिए ।
याे पनि हेर्नुहाेस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।