Like us!
Follow us!

सानिमा लाईफको आईपीओको पहिलो कारोबार कतिमा होला ? यस्तो छ सम्भावना

सानिमा लाईफको आईपीओको पहिलो कारोबार कतिमा होला ? यस्तो छ सम्भावना

लगानी खबर, काठमाडौं - सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  साधारण सेयर (आईपीओ) ले  ओपनिङ्ग रेञ्ज पाउला कति पाउला भन्ने प्रश्न आम लगानीकर्तामा उब्जिएको छ । कम्पनीले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म निष्कासन गरेकाे आईपीओकाे बाँडफाँड समेत सम्पन्न भईसकेको  छ । कम्पनीकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई यसको पहिलो कारोबार कतिमा होला भन्ने कुरामा चाँसो हुन थालेको छ ।

कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत भएपश्चात धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले आईपीओ सूचिकृतसँगै पहिलो कारोबारमूल्य पनि तोक्ने गर्दछ  ।

सामान्यतया, नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १०३ रुपैयाँ १७ पैसादेखि अधिकतम ३०९ रुपैयाँ ५१ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७५/७६ को  प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ १७ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३०९ रुपैयाँ ५१ पैसा हुन्छ । कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण भएको हुनाले आर्थिक वर्ष २०७५/७६ को नेटवर्थबाट ओपनिङ रेञ्ज ताेकिनेछ ।

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । ग्राेलाप्रथाबाट वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका थिए ।

कम्पनीको आईपीओमा २४ लाख १९ हजार ८ सय ४८ आवेदकबाट ३ करोड ६९ लाख ५१ हजार ८० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । कम्पनीको आईपीओले हालसम्मका सबै रेकर्डहरु ब्रेक गरेकाे थियाे । 

कम्पनीको आर्थिक वर्ष २०७६/७७ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ १०९ रूपैयाँ ६७ पैसा रहेको छ । आर्थिक वर्ष २०७९/८० सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १३९ रूपैयाँ ३३ पैसा पुग्ने प्रक्षेपण गरिएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।