लगानी खबर, काठमाडाैँ - मेगा क्यापिटल लिमिटेडले भदौ ४ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे मेगा म्युचुअल फण्ड-१ मा आवेदन दिने आज (भदौ १० गते, बिहीबार) अन्तिम दिन रहेकाे छ । १० वर्ष अवधि भएकाे याे एउटा बन्दमुखी योजना हो।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुल्ला गरेकाे हो । कुल इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवद्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएकाे छ । लगानीकर्ताले उक्त फण्डमा न्यूनतम १०० देखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेबसाइट तथा एपबाट आवेदन दिन सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।