Like us!
Follow us!

बाटो नपुगेको जग्गा धितोमा राखी २० लाखसम्म ऋण लिन पाइने

बाटो नपुगेको जग्गा धितोमा राखी २० लाखसम्म ऋण लिन पाइने

लगानी खबर, काठमाडाैँ - मोटर बाटो नपुगेको जग्गा धितोमा राखी २० लाखसम्म ऋण लिन पाइने भएकाे छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै एक करोडसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवं उद्यम गर्नेले आधार दरमा थप २ प्रतिशत प्रिमियम तिरेर २० लाखसम्म ऋण लिन चाहेमा मोटर बाटो नपुगेको जग्गासमेत धितो राख्न सक्ने व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संथाले कृषि, हस्तकला तथा शीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय (आयातसम्बन्धी व्यवसाय बाहेक) सञ्चालनका रू. १ करोडसम्म कर्जा दिनुपर्ने भएको छ । त्यस्तो कर्जामा आधारदरमा २ प्रतिशत प्रिमियम थपेर व्याज निर्धारण गर्नुपर्ने राष्ट्र बैंकले जनाएकाे छ ।

त्यस्तै २० लाख रूपैयाँसम्म यस्ता कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमीनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गर्नुपर्नेछ । साथै, प्रत्येक शाखाले यसप्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको ७ कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा त्यसको स्पष्ट कारण ग्राहकलाई लिखित रूपमा दिनुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।