Like us!
Follow us!

सेयर बजारमा करेक्सन, कारोबार रकममा भने उछाल

सेयर बजारमा करेक्सन, कारोबार रकममा भने उछाल

साताको अन्तिम कारोबार  दिन आज (बिहिबार) सेयर बजारमा करेक्सन आएको छ । दिनहुँजसो नयाँ रेकर्ड बन्दै आएको बजारमा आज करेक्सन आएको हो । 

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १८.२४ अंकले घटेर  ३१८०.७८ विन्दुमा पुगेको हो ।  आज नेप्से परिसूचक ०.५७ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ८.३३ अंकले घटेर ५९०.१५ विन्दुमा पुगेको हो ।

बिहिबार कूल २२९ वटा कम्पनीकाे ३ कराेड ९ लाख १२ हजार ६ सय ९७ कित्ता सेयर खरिदबिक्री हुँदा २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७ सय ६७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।