Like us!
Follow us!

आज यी कम्पनीका लगानीकर्ताले गुमाए

आज यी कम्पनीका लगानीकर्ताले गुमाए

लगानी खबर, काठमाडौं - आज (बुधबार) सेयर बजार वृद्धि भएको छ । आज नेप्से परिसूचक ३८.२८ अंकले बढेर ३१९८.६० विन्दुमामा पुगेको छ । बुधबार नेप्से परिसूचक १.२१ प्रतिशतले बढेको हो । 

वृद्धि भएका बजारमा आज १०.५० प्रतिशत एसबिएल डिबेञ्चर २०८२ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर ५.८६ प्रतिशतले घटेर १ हजार ६७ रुपैयाँ ५० पैसा पुगेको छ । 

त्यसैगरी, सर्वाधिक सेयमूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : एनआईबिएल प्रगती फण्ड, ११ प्रतिशत एनआइसी एशिया डिबेञ्चर ०८२/८३, आरएसडिसी लघुवित्त वित्तीय संस्था, खानीखोला  हाइड्रोपावर, एनआइबिएल समृद्धी फण्ड १, आरएमडिसी लघुवित्त, लक्ष्मी इक्विटी फण्ड, एनएमबी हाइब्रिड फण्ड L-१ र हिमालय उर्जा विकास कम्पनी लिमिटेड रहेका छन् । 

611ce4c520004.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।