Like us!
Follow us!

नबिल बैंकको नाफा ३० प्रतिशतले बढ्यो, वितरणयोग्य कति ?

नबिल बैंकको नाफा ३० प्रतिशतले बढ्यो, वितरणयोग्य कति ?

लगानीखबर, काठमांडौ- नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफामा बृद्धि आएको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले  ४ अर्ब ५० करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३०.०६ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ४६ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि बढेर ४ अर्ब १४ करोड ६२ लाख ६१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको यस्तो मूनाफा ३ अर्ब ४ करोड २२ लाख ३७ हजार रुपैयाँमा सिमित थियो । अघिल्ले आर्थिक बर्षको तुलनामा समिक्षा अवधिमा बैंकको वितरणेग्य मूनाफा ३७ प्रतितशले बढेको हो । 

समिक्षा अवधीमा बैंकले २ खर्ब २३ अर्ब ४७ करोड ८० लाख बढी निक्षेप संकलन गरी १ खर्ब ९८ अर्ब १० करोड ७३ लाख रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । त्यस्तै अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा ०.९८ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा घटेर ०.७८ प्रतिशतमा पुगेको छ ।   

चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ७ अर्ब ७२ करोड ७० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ६ अर्ब ९८ करोड ३६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो जुन १०.६४ प्रतिशतले बढि हो । 

समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा २६.३५ प्रतिशतले बढेर ६ अर्ब ४३ करोड ५१ शजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा ५ अर्ब ९ करोड ३० लाख रूपैयाँमा सिमित थियो । 

त्यस्तै, बैंकको चुक्ता पूँजी १३ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा १९ अर्ब ४८ करोड ३७ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा बैंकको जगेडाकोषको आकार १९ अर्ब ८ करोड ६ लाख रुपैयाँमा सीमित थियो । 

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५४ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी १ रुपैयाँ ७६ पैसाले घटेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा पुगेको छ बैंकको पीई रेसियो ४०.६९ गुणा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।