Like us!
Follow us!

मौद्रिक नीतिमा पुँजी बजारलाई हेर्ने दृष्टिकोष अत्यन्तै दुरासय भएकाे लगानीकर्ताहरूकाे आरोप

मौद्रिक नीतिमा पुँजी बजारलाई हेर्ने दृष्टिकोष अत्यन्तै दुरासय भएकाे लगानीकर्ताहरूकाे आरोप

लगानी खबर, काठमाडाैँ - मौद्रिक नीतिमा पुँजी बजारलाई हेर्ने दृष्टिकोष अत्यन्तै दुरासय पुर्ण र पश्चगामी कदम भएको लगानीकर्ताले जनाएका छन् ।

नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघ नेपालद्वारा प्रकाशित संयुक्त विज्ञप्तिमा राज्यलाई पुँजी बजार क्षेत्रबाट उत्साहजनक राजस्व प्राप्त हुँदै गरेको अवस्थामा राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा पुँजी बजारलाई हेर्ने दृष्टिकोष अत्यन्तै दुरासय पुर्ण र पश्चगामी कदम भएको उल्लेख गरिएको छ ।

यो कदमको घोर विरोध गर्दै सम्पूर्ण लगानीकर्ताहरूले सेयर कर्जाको सिमालाई सिघ्र सच्याई पुर्व अवस्थामा नै पुर्याउन अर्थमन्त्रीबाट निर्देशन जारी गर्न अर्थमन्त्रीलाई अनुरोध गरेका छन् ।

अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिको अन्तिम त्रैमासिक समिक्षामा बैंक तथा वित्तीय संस्थाले शेयर खरिद बिक्री गर्ने सिमालाई संकुचित बनाउनु, बैंक तथा वित्तीय संस्था मध्ये क, ख, ग वर्गका संस्थाहरुलाई लघुवित्तका सेयरहरुमा अल्पकालिन लगानीलाई निरुत्साहित गराउनु र संस्थाहरुले आफ्नो कारोबार बढाउन पूँजी वृद्धिको लागि अनुरोध गर्दा समेत विनाकारण सो कार्यलाई निरुत्साहित गरिनु र चार करोड सेयर कर्जा उपभोग गर्नका साथै समग्र वित्तीय प्रणालीबाछ १२ करोड ऋणको सिमाले साना लगानीकर्तालाई सहुलियत हुन्छ र ठुला लगागनीकर्ताहरुले मात्रै सेयर कर्जा उपभोग गरिरहेका छन् भन्ने राष्ट्र बैंकको बुझाई रहेको भन्ने जानकारी आएकोले सो सम्बन्धमा यदि साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्ने हो भने सेयर कर्जालाई विशेष सहुलियतका प्याकेज घोषणा गर्न सकिन्थ्यो तर हाल विद्यमान व्यवस्था अनुसार समग्री बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्न सक्ने २५० अर्बसम्मको शेयर कर्जा मध्ये करिब ९५ अर्ब पनि उपभोग नभैसकेको सन्दर्भमा राष्ट्र बैंकको पछिल्लो कदम सरासर पूँजीबजार विरोधी कमद भएको विज्ञप्तिमा उल्लेख छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारिले सेयर धितोमा राखेर एक व्यक्तिले १२ करोड रुपैयाँ मात्र लिन सक्ने र एक बैंकबाट ४ करोड मात्रै लिन पाइने व्यवस्था गरिएको जानकारी दिएका थिए ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।