Like us!
Follow us!

सानिमा बैंकको नाफा २८.१६ प्रतिशतले बढ्यो, वितरण योग्य कति ?

सानिमा बैंकको नाफा २८.१६ प्रतिशतले बढ्यो, वितरण योग्य कति ?

लगानीखबर, काठमांडौ- सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफामा बृद्धि आएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले  २ अर्ब २७ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २८.१६ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ७७ करोड ६२ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि ५०.९१ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको यस्तो मूनाफा १ अर्ब ११ करोड ९७ लाख रुपैयाँमा सिमित थियो ।

समिक्षा अवधीमा १ खर्ब बैंकले २८ अर्ब ४२ करोड बढी निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब ९८ करोड रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । त्यस्तै अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा ०.४५ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा घटेर ०.१६ प्रतिशतमा पुगेको छ ।   

चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ४ अर्ब ५२ करोड २० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४ अर्ब १८ करोड ९६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । जुन ७.९३ प्रतिशतले बढि हो । 

समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा २८.४२ प्रतिशतले बढेर ३ अर्ब २४ करोड ८७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा २ अर्ब ५२ करोड ९८ लाख रूपैयाँमा सिमित थियो । 

त्यस्तै, बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ५ अर्ब १८ करोड ९३ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा बैंकको जगेडाकोषको आकार ४ अर्ब १ करोड  ७२ लाखमा सीमित थियो । 

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५१ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३३ पैसाले बढेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ६ पैसा पुगेको छ बैंकको पीई रेसियो २०.६३ गुणा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।