Like us!
Follow us!

अब लघुवित्तहरुले २५ प्रतिशतसम्म ऋणपत्र निष्कासन गर्न पाउने

अब लघुवित्तहरुले २५ प्रतिशतसम्म ऋणपत्र निष्कासन गर्न पाउने

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेकाे छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारिले लघुवित्तलाई ऋणपत्र निष्कासन गर्ने अनुमती दिईएको जानकारी दिएका छन् ।

अब उप्रान्त लघुवित्तहरूले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशत बराबरकाे ऋणपत्र जारी गर्न पाउने भएका उनले बताएका छन् । यसअघि बैंकहरू र फाइनान्सले मात्र ऋणपत्र निष्कासन गर्न पाउँथे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।