लगानीखबर, काठमांडौ- हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफा बृद्धि भएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १५.९० प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब ५८ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि २ अर्ब १६ करोड ९८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बषएको तुनमामा यो बर्ष बैंकको वितरण योग्य मूनाफामा ६५.७४ प्रतिशतले बृद्धि भएको हो । अघिल्लो आर्थिक बर्षमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३० करोड ९२ लाख रुपैयामा सिमित थियो ।
यो अवधिमा बैंकले १ खर्ब ४१ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब २६ अर्ब २ करोड रुपैयाँ ऋण लगानी गरेको छ । यो अवधिमा बैंकले आफ्ना खराव कर्जालाई पनि घटाउन सफल भएको दखिन्छ । अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा १.०१ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा घटेर ०.४८ प्रतिशतमा झरेको छ ।
चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ३ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा २१.४३ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४ अर्ब ८२ करोड १७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा २६.२७ प्रतिशतले बढेर ४ अर्ब ३० करोड ७७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा ३ अर्ब ४१ करोड १५ लाख रूपैयाँमा सिमित थिया ।
त्यस्तै, बैंकको चुक्ता पूँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ९ अर्ब ३९ करोड ६१ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको तुलनमा यो बर्ष बैंकको जगेडाकोषको आकार १४.३५ प्रतिशतले बढेको हो ।
समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ६ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ४६ पैसाले बढेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ९४ पैसा पुगेको छ बैंकको पीई रेसियो १७.२५ गुणा रहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।