Like us!
Follow us!

मेगा बैंकको नाफा ४५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

मेगा बैंकको नाफा ४५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

लगानीखबर, काठमांडौ मेगा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफा बृद्धि भएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ३० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४५.१६ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५८ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकले १ खर्ब ३६ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ३७ अर्ब ३१ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।   

चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ५ अर्ब ८० करोड ४६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ३८.९५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४ अर्ब १७ करोड ७४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा ४६.३० प्रतिशतले बढेर ३ अर्ब २७ करोड ३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा २ अर्ब ३० करोड ५२ लाख रूपैयाँमा सिमित थिया । 

त्यस्तै, बैंकको चुक्ता पूँजी १४ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ३ अर्ब ८२ करोड ६३ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको तुलनमा यो बर्ष बैंकको जगेडाकोषको आकार ३०.७६ प्रतिशतले बढेको हो । 

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७१ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ३०.१४ प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ५५ पैसा पुगेको छ बैंकको पीई रेसियो २३,२९ गुणा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।