लगानी खबर, काठमाडाैँ - भुक्तानी सेवा प्रदायक इसेवाले एसईई उतिर्ण भएका विद्यार्थीहरूलाई मध्यनजर गर्दै ‘शिक्षत युवा,सम्वृद्ध भविष्य’ योजना सार्वजनिक गरेको छ । यस योजनामा ५ सय भन्दा बढी विद्यार्थीहरूले उच्च शिक्षाका लागि छात्रवृति प्राप्त गर्नेछन् ।
यो योजना आगामी भाद्र १५ गतेसम्म सञ्चालन हुनेछ । छात्रवृति विद्यार्थीले छानेका कलेज अनुसार भर्ना शुल्क तथा माशिक शुल्कमा प्राप्त गर्न सकिनेछ । विद्यार्थीहरूले जेभियर ईन्टरनेशनल, प्रिमियर कलेज, विद्या शंकर, ट्रिटन कलेज र टेक्सास ईन्टरनेशनल कलेज, विराटनगरका बाल कल्याण विद्या मन्दिर र लर्ड बुद्ध सेकेण्डरी स्कुलमा छात्रवृति प्राप्त गर्नेछन् । इसेवा मार्फत आवेदन दिनेले मात्र छात्रवृतिको अवसर प्राप्त गर्नेछन् ।
छात्रवृतिका लागि विद्यार्थीहरूले इसेवा मोबाईल एप तथा वेभ मार्फत इसेवा स्कोलरसिप अप्सनमा गइ आवेदन दिन सक्नेछन् । छात्रवृतिका लागि विद्यार्थीहरूले रू ३० भुक्तानी गर्नुपर्नेछ । यो रकम यो योजना सकिएपछि विद्यार्थीको इसेवा आइडी रहेको नम्बरमा टपअप हुनेछ । छात्रवृतिमा समावेश भएका विद्यार्थीले छात्रवृति दाबी गर्नका लागि आफ्नो एसइई पास भएको कागजात पेश गर्नुपर्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।