Like us!
Follow us!

सुर्य लाइफको बिमा शुल्क सहित नाफामा वृद्धि, प्रतिसेयर आम्दानी कति ?

सुर्य लाइफको बिमा शुल्क सहित नाफामा वृद्धि, प्रतिसेयर आम्दानी कति ?

लगानीखबर, काठमांडौ- सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार सो अवधिसम्म कम्पनीको नाफामा बृद्धि भएको छ ।

गत आर्थिक बर्षको अन्तिमसम्म आइपुग्दा कम्पनीको खुद नाफा २३।०१ प्रतिशतले बढेर ३२ करोड ३२ लाख ७१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले २६ करोड २७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क पनि ४६।९७ प्रतिशतले बढेर ४ अर्ब १८ करोड २० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिसम्ममा कम्पनीले २ अर्ब ८४ करोड ५५ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

सो अवधिसम्ममा कम्पनीले ८१ करोड २९ लाख ३६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

हाल चुक्ता पुँजी २ अर्ब २६ करोड २८ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८३ करोड ७६ लाख ६ हजार रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ६६ करोड १० लाख रुपैयाँ र महाविपत्ति कोषमा १४ करोड ६२ लाख १८ हजार रुपैयाँ सन्चित छ । 

समिक्षा अवधिमा कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १४ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ३९ करोड रुपैयाँ रहेको छ भने कम्पनीको समिक्षा अवधिमा मूल्य आम्दानी अनुपात ९पिई रेसियो० ३६।५४ गुणा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।