लगानी खबर, काठमाडाैँ - ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन अनुरोध गरेको छ ।
बैंककाे विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको २०७०/७१ सम्मको नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।
सेयरधनीहरुले एक महिनाभित्र बैंकको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् । उक्त अवधिभर लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८३ बमाेजिम स्थापना भएकाे "लगानीकर्ता संरक्षण कोष" मा जम्मा हुनेछ ।
त्यसैगरी, बैंकले आर्थिक वर्ष २०७३/७४, २०७५/७६ र २०७६/७७ को नगद लाभांश खातामा रकमान्तर भई नसकेका शेयरधनीले सम्बन्धित निक्षेप सदस्यकोमा गई आफ्नो बैंक खाता अद्यावधिक गर्न तथा शेयर भौतिक रुपमा रहेका शेयरधनीको हकमा यथाशिघ्र अभौतिकरण गर्न पनि अनुराेध गरेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।