Like us!
Follow us!

स्टाण्डर्ड नाप र तौल विधेयक, २०७८ राष्ट्रिय सभाबाट पारित

स्टाण्डर्ड नाप र तौल विधेयक, २०७८ राष्ट्रिय सभाबाट पारित

लगानी खबर, काठमाडौं - राष्ट्रिय सभाको मंगलबारको बैठकले “स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८” लाई सर्वसम्मतिले पारित गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई पारित गरियोस् भन्दै बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए।     
     
सो विधेयकलाई पारित गर्नुपूर्व बैठकमा विधेयक उपर विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल भएको थियो । विधेयकमाथिको छलफलमा भाग लिंदै नेकपा एमालेका सांसद कोमल वलीले आफ्नो धारणा राखेकी थिइन् भने छलफलमा उठेका प्रश्नहरुको मन्त्री कार्कीले जवाफ दिएका थिए ।

 राष्ट्रिय सभाको अर्को बैठक यही साउन २७ गते बुधवार दिनको १ बजे बस्ने छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।