Like us!
Follow us!

साल्ट ट्रेडिङ्गको खुद नाफामा गिरावट, अन्य अवस्था कस्तो ?

साल्ट ट्रेडिङ्गको खुद नाफामा गिरावट, अन्य अवस्था कस्तो ?

लगानीखबर, काठमांडौ- साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफा घटेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४ करोड ७९ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २४.२२ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६ करोड ३२ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको बिक्रि आम्दानी भने केहि बृद्धि भएको छ । यो अवधिमा कम्पनीको बिक्रि आम्दानी १० अर्ब ४० करोड ३५ लाख पुगेको छ जुन गत आर्थिक बर्षमा ९ अर्ब ७४ करोड १५ लाख रुपैयाँमा सिमित थियो ।   । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी २३ करोड ४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा १ अर्ब ३२ करोड ८१ लाख रुपैयाँ सञ्चित छ । यो अवधीमा कम्पनीको जगेडा कोषको आकार २.२७ प्रतिशतले बृद्धि भएको हो ।  

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ४५५ रुपैयाँ ५७ पैसा रहेको छ । त्यस्तै प्रतिसेयर आम्दानी १२ रुपैयाँ १४ पैसा घटेर २० रुपैयाँ ८० पैसामा सीमित भएको छ भने मूल्य आम्दानी अनूपात (पीई रेसियो) ४७३.५९ गुणा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।