Like us!
Follow us!

आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर सामान्यमा सामान्य बृद्धि देखिएको छ । आज नेप्से परिसूचक १.५४ अंकले बढेर ३१०९.६६ विन्दुमा पुगेको छ । आइतबार नेप्से परिसूचक ०.०५ प्रतिशतले बढेको हो । 

झिनो अंकले बढेको बजारमा आज यूनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेर ५ सय रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ । 

त्यस्तै, सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : नेपाल हाइड्रो डेभलपर्सको १० प्रतिशतले बढेर ६ सय ८२ रुपैयाँ पुगेको छ । कर्पोरेट डेभलपमेण्ट बैंकको १० प्रतिशतले बढेर ९ सय ६८ रुपैयाँ पुगेको छ । आइसी एफसी फाइनान्स लिमिटेड संस्थापक सेयरको १० प्रतिशतले बढेर ७ सय ३९ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै आज जीवन विकास लघुवित्तको सेयर पनि बढेको छ । आज कम्पनीको सेयर १० प्रतिशतले बढेर १ हजार ८ सय २२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । 

त्यसैगरी, ङादी ग्रुप पावरको ९.९९ प्रतिशतले बढेर १ हजार १ सय ७२ रुपैयाँ १० पैसा पुगेको छ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक सेयरको ९.९८ प्रतिशतले बढेर ५ सय ८३ रुपैयाँ ९० पैसा पुगेको छ । आज हिमालयन पावर पार्टनर लिमिटेडको सेयर पनि बढेको छ । आज कम्पनीको सेयर ९.८७ प्रतिशतले बढेर ६ सय रुपैयाँमा अन्तिम कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावरको सेयर ९.०४ प्रतिशतले बढेर ५ सय ५५ रुपैयाँ पुगेको छ र बरुण हाइड्रोपावरको ८.६४ प्रतिशतले बढेर ६ सय ९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

611102c9599a5.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।