Like us!
Follow us!

लामो समय देखि सेयर कारोबार रोक्का रहेको आँधिखोला लघुवित्तको नाफा बढ्यो, इपिएस कति ?

लामो समय देखि सेयर कारोबार रोक्का रहेको आँधिखोला लघुवित्तको नाफा बढ्यो, इपिएस कति ?

लगानीखबर, काठमांडौ- आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चौथो त्रैमाससम्म संस्थाले सन्तोषजनक प्रगति गरेको देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ११४.९५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले १ करोड ९० लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड ७० लाख ७६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ६ करोड २७ लाख ८४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा संस्थाको सञ्चालन नाफा पनि ३९.३६ प्रतिशतले बढेर १० करोड ९८ लाख ८७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाको सञ्चालन नाफा ७ करोड ८८ लाख ५१ हजार रूपैयाँ मात्र रहेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पूँजी १० करोड रूपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा ८ करोड १ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको रिजर्भको आकारमा १०६.५९ प्रतिशतले बृद्धि भएको छ ।  

समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ६ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ १८ पैसा र मूल्य आम्दानी अनूपात (पिई रेसियो) ११.३२ गुणा रहेको छ ।

धौलागिरी लघुवित्तसँग मर्जरमा जाने सहमति गरेसँगै नेप्सेमा यसको कारोबार रोकिएको हो । तर पछिल्लो समय भने यी दुई संस्थाहरुबिचको मर्जर प्रक्रिया पनि भाँडियको भनिएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।