लगानी खबर, काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डले विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरेको हो ।
बोर्डले विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेर नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ ।
बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।
परीक्षार्थीले www.see.gov.np, www.neb.gov.np ,www.see.edusanjal.com, www.see.ntc.net.np www.ekantipur.com, www.ncell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।
त्यसैगरी बोर्डको आज बसेको बैठकले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डले कक्षा १२ को आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म तय गरेको थियो । कोरोना संक्रमणदर दिनहुँ बढ्न थालेपछि शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।