लगानी खबर, काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज (शनिबार) सार्वजनिक गर्ने भएको छ । बोर्डले विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्न लागेको हो ।
बोर्डका एक सदस्यले एसईईको नतिजा प्रकाशित गर्ने सम्भावना रहेको जानकारी दिए ।
कक्षा १२ को साउन ३१ गतेदेखि हुने परीक्षाको विषयमा निर्णय लिन बोर्ड बैठक बोलाएको थियो । सोही बैठकले एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गर्ने स्रोतले जनाएको ।
एसईईको नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ ।
बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।
बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा.लि., इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ ।
परीक्षार्थीलेwww.see.gov.np, www.neb.gov.np ,www.see.edusanjal.com, www.see.ntc.net.np www.ekantipur.com, www.ncell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।